Friday May 17, 2024
BS 2081 Jestha 4
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

३ वर्षमा १२ सय मेगावाट बिजुली थपिँदै, जडित क्षमता २१ सय मेगावाट नाघ्ने

Mar 19, 2017 under Business/Economy 516 , National 834

काठमाडौं । आगामी ३ वर्षमा नेपालमा थप १ हजार २ सय मेगावाट बिजुली उत्पादन भई जडित क्षमता २ हजार १ सय मेगावाट नाघ्ने भएको छ ।
आगामी ३ वर्षमा सरकार र निजी लगानीका आयोजना सम्पन्न भई प्रणालीमा यो परिमाणमा बिजुली थप हुने भएको हो । जसमध्ये विद्युत प्राधिकरण र उसको सहायक कम्पनीबाट ८ सय र बाँकी ४ सय मेगावाट निजी क्षेत्रबाट बिजुली उत्पादन थप हुने भएको छ ।
हाल जडित क्षमता ९ सय मेगावाट पुगेको छ । 

३ वर्षमा आउने सबै आयोजना नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका छन् । ३ वर्षमा विद्युत् प्राधिकरण अन्तर्गतको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी, चिलिमे हाइड्रोपावर लिमिटेड अन्तर्गतको १११ मेगावाटको रसुवागढी, १५ मेगावाटको सान्जेन, ४२ मेगावाटको तल्लो सान्जेन, १०२ मेगावाटको मध्यभोटेकोसी आयोजना सम्पन्न हुँदैछन् । यस्तै विद्युत प्राधिकरणले आफनो लगानीमा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउँदो ६ महिनामा सम्पन्न हुनेछन् ।

यस्तै निजी क्षेत्रबाट २५ मेगावाटको कावेली बी, ४२ मेगावाटको मिस्त्रीखोला, २० मेगावाटको माथिल्लो मोदी, ८२ मेगावाटको तल्लोसोलु, २३.५ मेगावाटको माथिल्लो सोलु, सिंगटी, खारे खानीखोलालगायत झण्डै २ दर्जन आयोजना आउँदो ३ वर्षमा सम्पन्न हुँदैछन् । 
यो वर्ष १५ आयोजना सम्पन्न भई थप १४२ मेगावाट बिजुली उत्पादन हुँदैछ । आगामी वर्ष निर्माणाधिन माथिल्लो तामाकोसी जलविद्युत  à¤†à¤¯à¥‹à¤œà¤¨à¤¾à¤¬à¤¾à¤¹à¥‡à¤• प्रणालीमा २४५ मेगावाट बिजुली थप हुनेछ ।

पछिल्लो समयमा धेरै आयोजना निर्माण भइरहेकाले आउँदो ३ वर्षमा विद्युत उत्पादन बढेर २ हजार १ सय मेगावाट  à¤¨à¤¾à¤˜à¥à¤¨à¥‡ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । हाल ९ सय मेगावाट जडित क्षमता भए पनि ४५ मेगावाट माथिल्लो भोटेकोसी पुनः निर्माण अवस्थामा रहेकाले साढे ८ सय मेगावाट मात्र बिजुली उत्पादन हुने उनले बताए ।

भोटेकोसी सञ्चालनमा आउन अझै ३ वर्ष लाग्ने उनको भनाई छ ।  à¤¯à¤¸à¥à¤¤à¥ˆ विद्युत् प्राधिकरणले ३ हजार मेगावाट आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता (पीपीए)  à¤—रिसकेको र थप ५ हजार मेगावाट बराबरका आयोजना पीपीएको प्रतिक्षामा रहेको उनले जानकारी दिए ।   

आउँदो वर्ष २०१ मेगावाट निजी क्षेत्रबाट र ४४ मेगावाट नेपाल विद्युत प्राधिकरणका २ आयोजनाबाट  à¤¥à¤ª हुने घिसिङले बताए । उनका अनुसार विद्युत् प्राधिकरणले निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो आयोजना आउँदो ६ महिनामा सम्पन्न हुँदैछन् । 
२ हजार ४ मेगावाट क्षमताका १०१ आयोजनाले लगानी जुटाई निर्माण भइरहेका छन् । यी मध्ये धेरै आयोजनाको काम अन्तिम चरणमा पुगेको प्राधिकरणले जनाएको छ । 
यस्तै ६४८ मेगावाट क्षमताका ३८ आयोजनाले लगानी जुटाउन बाँकी रहे पनि निर्माणको काम भइरहेको छ । यो वर्ष मात्र जडित क्षमता १ हजार मेगावाट पुग्दै छ । à¤¯à¤¸à¥à¤¤à¥ˆ सरकारले हालसम्म ३ हजार ५१४ मेगावाट क्षमताका १२७ आयोजनाबाट बिजुली उत्पादन गर्न विद्युत अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । 
विद्युत उत्पादन कम भए पनि मुलुक आधारभूत रुपमा लोडसेडिङमुक्त भइसकेको छ । विद्युत उत्पादन बढेको र प्रणाली व्यवस्थापनले गर्दा आगामी सुख्खायाममा पनि लोडसेडिङ नहुने भएको छ । हाल बिजुलीको माग १ हजार २५० मेगावट हाराहारीमा छ । 

यस्तै ऊर्जा मिश्रण गर्नका लागि विद्युत् प्राधिकरणले ६० मेगावाट बिजुली सोलार प्रविधिबाट उत्पादन गर्ने लक्ष्य लिएको घिसिङले बताए । उनका अनुसार विश्व बैंकको सहयोगमा २५ मेगावाटको सोलार प्रणाली जडानको प्रक्रिया सुरु भइसकेको छ । यस्तै अन्य सोलार आयोजनाबाट बिजुली खरिदको काम हुने उनले बताए ।  

Baarakhari.com
No news.
Australian Dollar to Nepalese Rs